arrow

आँधीखोलाले बगाउँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
Syangja_district_map.png

पोखरा । स्याङ्जाको आँधीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नं. १४ पुतलीखेतका ३५ वर्षीय सूर्य भण्डारी छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाअनुसार आज बिहाज ११ः३० बजे भण्डारीलाई आँधीखोलाले बगाएको थियो ।

त्यसलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भण्डारीको खोजी गर्नेक्रममा दिउँसो २ः२५ बजे बगाएको स्थानभन्दा केही पुतलीबजार नगरपालिका वडा नं. ३ मा मृतअवस्थामा फेला परेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।

भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ