arrow

नेपाली महिला चीन लगेर बिक्री गर्ने क्रम बढ्दो, बहाना बिहेको 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
sundari-rai-crime.jpg

काठमाडौँ । चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन् । 

राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ। राईले फेसबुक म्यासेन्जरबाट ती महिलालाई कुराकानी गरी चिनियाँसँग काठमाडौँको ठमेलमा बोलाएकी थिइन् ।

ती चिनियाँले महिलालाई बिहे गरेर २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएका थिए । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ती चिनियाँले १ लाख ५० हजार रुपैयाँमा बेचबिखन गरी नेपाल फर्किएका थिए।

उनले ती महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए । महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्किने वातावरण मिलाएको थियो ।

महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको मिश्रले बताए । घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नेपाली महिलालाई बिहे गर्ने बहानामा चीन लगेर बिक्री गर्ने क्रम बढ्दै गएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ