arrow

भालेपोथी ओथारो बसेर बच्चा जन्माउने कागको स्याहार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
crow-take-care--(11).jpg

काठमाडौँ । असार महिना चलेसँगै सुख्खा रूखमा ज्यान आएको छ । लामो समयको खडेरीले मरेतुल्य भएका रूखमा एकाएक ज्यान भरिएको हो । हरिया पालुवा देखिन थालेका छन् ।

यससँगै रूखमा जंगलदेखि चरा जनावरहरुको आवाज गुन्जिन थालेका छ्न् । रूखका हाँगाहरूमा चराका बच्चाका आवाज सुन्न थालिएको छ । 
 
काग चरा चैत–बैशाखमा ओथारो बस्छन् । तीन–चार वटासम्म अन्डा पार्छ । जुनसुकै प्रजातिको रूखमा ओथारो बस्न सक्छ । निश्चित उचाइ पाउनासाथ गुँड बनाउन थाल्छ । 

२० फिट उचाइ पाए घुरपास, घाँसपात जम्मा गरेर गुँड बनाउँछ । भालेपोथी दुवै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउँछन् । पालैपालो हेरचाह गर्छन् ।

काग हिन्दू धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ । नेपालमा ७ प्रजातिका काला काग पाइन्छ । 

तराईमा घर काग, पहाडी कालो काग, पूर्वीय कालो काग र कालो काग पाइन्छ । हिमालतिर राजा, टुंगा र टेमु पाइन्छन् । कागले केही आयो भने खबर गर्ने गर्छन् । 

बिरालो, सर्प, बाघ र भालु आए कराएर सूचना दिन्छन् । काग अति चलाख हुन्छ । यसले एकदेखि १० सम्म गन्ती पनि गर्न सक्छ भन्ने मान्यता छ ।

यतिबेला कागलगायत विभिन्न चराचुरुङ्गीहरूको गुँड देख्न सकिन्छ । (नेपाल फोटो लाइब्रेरी)
 

crow-take-care- (1).JPG
crow-take-care- (2).JPG
crow-take-care- (3).JPG
crow-take-care- (4).JPG
crow-take-care- (5).JPG
crow-take-care- (6).JPG
crow-take-care- (7).JPG
crow-take-care- (8).JPG
crow-take-care- (9).JPG
crow-take-care- (10).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ