arrow

 बस दुर्घटनामा एकको मृत्यु, ८ घाइते, चालक र सहचालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
bus-accident-rautahat-81-3-15.jpg

रौतहट । ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ८ यात्रु घाइते भएका छन् ।

गौरबाट भैरहवा तर्फ गईरहेका ना ७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा शनिबार बिहान ८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर त्वातीले बताएका छन् ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ । 

एकजना यात्रु २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताएकी छिन्।

अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भईरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

एकजना प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ