arrow
ADVERTISEMENT

लागूऔषधसहित थापा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
arna-bahadur-thapa.jpg

पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. २ का ३२ वर्षीय अर्णबहादुर थापा पोखरामा लागूऔषधसहित पक्राउ परेका छन् । हाल पोखरा-१४ मझेरीपाटन बस्दै आएका उनी शनिबार दिउसो पक्राउ परेका हुन् ।

उनको साथबाट लागूऔषध गाँजा तीन सय ग्राम, नाईट्रोभ्याट एक सय ४४ चक्की र नगद चार हजार सात सय ८० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका थापाविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ