arrow

बढ्यो पेट्रोलियम पदार्थको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ बढाइएको जनाएको छ । 

अब काठमाडौं, पोखरा र दिपायलमा लगायत तेस्रो वर्ग अन्तर्गत पर्ने क्षेत्रमा पेट्रोल १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल १५७ रुपैयाँ पुगेको छ । 

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत दाङ लगायत क्षेत्रमा पेट्रोल १६६ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ  तथा पहिलो वर्गमा पर्ने तराईका अन्य जिल्लाहरुमा पेट्रोल १६४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ