arrow

सोनाक्षीको बिहेपछि डाइनिङ रुममा लडे शत्रुघन सिन्हा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
satrughan-hinha-news.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । बलिवुडका दिग्गज अभिनेता एवं लोकसेवा सांसद शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केहि दिनपछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ ।

बिहेपछि शत्रुघ्न सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । 

टाइम्स नाउको रिपोर्ट अनुसार शत्रुघनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । शुरुमा उनलाई सामान्य उपचार गरिएको भए पनि उनको पीडा बढेपछि अस्पताल भर्ना गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

७७ वर्षीय सिन्हा हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसदसमेत बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ