arrow

कांग्रेसमा रहेर राष्ट्रिय सभा सदस्य खाएपछि एमालेमै फर्के जितेन्द्रनारायण देव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
jitendra-narayan-dev-81-3-1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका निवर्तमान सदस्य जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । 

देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका देव संविधान सभा सदस्य तथा राष्ट्रिय सभा सदस्यसँगै पर्यटनमन्त्रीसमेत बनेका थिए  ।

एमाले विभाजनपछि एमालेपछि मालेमा लागेका देव मधेस आन्दोलनपछि मधेसी जनअधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकबाट मन्त्रीसमेत बनेका थिए । 

उनी संविधान सभाको दोस्रो कार्यकाल सकिएपछि कांग्रेसमा प्रवेश गरेका थिए । 

कांग्रेसमा आएपछि उनी ६ वर्ष राष्ट्रिय सभा सदस्य भएका थिए । कांग्रेसबाट अब माथि लागिने नदेखेपछि देव पुनः एमालेमै फर्किएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ