arrow

बीआरआईबारे कांग्रेसको निष्कर्ष– अनुदानमा पाएमात्र लिने, ऋणको बोझ नबोक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) प्रति सकारात्मक रहेको तर ऋण धान्न सक्ने परिस्थिति नभएको भन्दै अनुदान दिनुपर्ने बताएको छ । 

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले मन्त्रिपरिषद्ले बीआरआईको विषयमा छलफल अघि बढाएपछि थप ऋण राष्ट्रले धान्न नसक्ने निष्कर्षसहित ऋण अनुदानमा दिनुपर्ने बताएको हो । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआईका सन्दर्भमा सरकारले गृहकार्य गरिरहेको तथा चिनियाँ उपविदेशमन्त्री आएको विषयमा छलफल भएको बताए । उनले बैठकले  धेरै ठूलो ऋणको बोझ भइसकेको भन्दै अझै ऋण बढाउँदै लैजान नहुने निष्कर्ष निकालेको बताए । 

धेरै अनुदान कार्यान्वयन नभएको अवस्थामा अनुदानमा मात्र यसलाई अघि बढाउनु पर्ने निष्कर्षसमेत पार्टीले निकालेको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ