arrow

नयाँ समीकरणको खेल

एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो, राष्ट्रपति कार्यालयमा पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
kp-sharma-oli-80-01-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एमाले–कांग्रेसको सत्ता समीकरण गर्ने सहमतिपछि एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । 

समर्थन फिर्ता लिएको पत्र पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ । एमालेले राति नै राष्ट्रपति कार्यालय, शितलनिवासमा समर्थन फिर्ताको पत्र पठाएको स्रोतको दाबी छ । 

समर्थन फिर्ताको पत्र दर्ता गराउन एमाले महासचिव शंकर पोखरेल आफैँ राष्ट्रपति कार्यालय पुगेको स्रोतको दाबी छ । कांग्रेस एमालेबीच पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र दोस्रो चरणमा चुनावी सरकारको नेतृत्वमा कांग्रेस सभापतिले गर्ने समझदारी भएपछि एमालेले त्यसको जानकारी प्रधानमन्त्री प्रचण्डलाई पनि गराइसकेको छ । 

जसमा एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछन् ।

प्रतिनिधि सभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन् । नेताहरूले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिसँगै रामचन्द्र पौडेलसँग पनि परामर्श गरेका छन् । 

दाहाल नेतृत्वको सरकार विस्थापित भएपछि धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान हुने भएको छ ।

ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । 

खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका थिए। 

छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३–३ वटा सरकार बाँडेका छन् । 

मधेस प्रदेशमा भने मधेसकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ । 

साथै संविधान संशोधनका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने समेत बताइएको छ । 

संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदामा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने तथा उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने उल्लेख छ । 

यता प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितलाई मात्रै राख्ने विषय समेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ