arrow

कांग्रेस पदाधिकारी बैठक

देशका महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्न कांग्रेस एमालेसहित राष्ट्रिय सहमतिको सरकार बन्ने [भिडियो]

खाली सत्तामा जानका लागि मात्रै हामी समझदारी गर्दैनौँ – महत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
mahat-03-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्त्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । 

उनले संविधानसहितका मुद्दाहरूलाई केन्द्रित गरेर सरकार निर्माणमा सहभागी भएको बताए । उनले आम नागरिकका समस्यालाई केन्द्रमा राखेर नेकपा एमालेसँग सरकार बनाउने सहमति भएको बताए । उनले अस्थिरताका कारण आर्थिक स्थिति सुध्रिन अप्ठ्यारो भएको, सुशासन सुनिश्चित गर्न अप्ठ्यारो भएकाले पनि दुई ठुला दलहरूको सरकार आवश्यक रहेको बताए । 

उनले दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरू दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको बताए । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने आधारमा मोटामोटी समझदारी भएको बताए । समझदारीलाई अन्तिम रूप दिन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने बताए ।

उनले भने, ‘देशको महत्त्वपूर्ण मुद्दाहरू छन् । संविधानको विषय छ । यी तमाम मुद्दालाई केन्द्रित गरेर मात्रै हामी सरकार निर्माणमा संलग्न हुन्छाँै । खालि सत्तामा जानका लागि मात्रै हामी समझदारी गर्दैनौँ भनेका थियौँ । अन्तत्व गत्वा महत्त्वपूर्ण मुद्दालाई आम जनताको चासो र चिन्ताको विषय छ, सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ । त्यो समझदारीमा मूलभूत रूपमा स्थायित्वको जुन समस्या छ, आम जनता पनि त्यसबाट चिन्तित छन् । त्यसले आर्थिक स्थिति सुध्रिन अप्ठ्यारो पारेको छ । सुशासन सुनिश्चित गर्न अप्ठ्यारो पारेको छ । अन्योलको स्थिति सिर्जना भएको छ । त्यसलाई महत्त्वपूर्ण आधार बनाएका छौँ । संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने र त्यो प्रक्रियालाई अगाडि बढाउने र जुन आर्थिक स्थिति छ, विकास निर्माणमा देखिएको अन्योलको स्थिति छ, त्यसलाई अन्त्य गर्न स्थिर राजनीति, संविधानलाई सामूहिक रूपमा संशोधन गर्ने र सहमति जुटाउने हिसाबले अघि बढ्न दुई दलको बीचमा सरकार निर्माण गर्न अघि बढ्ने र आवश्यकताअनुसार अरू दललाई पनि समेट्ने गरी राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ र नेतृत्व ओलीजी र हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले आलोपालो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने आधारमा मोटामोटी समझदारी भएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ