arrow

सरकार परिवर्तनको चक्रमा फस्यो नेप्से, दुई पटक सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

मङ्गलवार पहिलो सर्किट ब्रेक खुलेको एक मिनेट नबित्दै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि शेयरको खरिद बिक्री बन्द भएको हो ।

बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२(४८ अङ्कले २१३५(८७ को बिन्दुमा पुगेको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अङ्कले बढेर २१५६.०७ बिन्दुमा पुगेको छ ।

अब तेस्रो पटक सर्किट ब्रेक लागेमा आजको लागि शेयर कारोबार बन्द हुने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ