arrow

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि पार्टीले निर्देशानुसार अनुरोधसमेत गरेको छ । 

नयाँ सत्ता समीकरण बन्ने भएसँगै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो । 

यसअघि मंगलबार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको थियो । 

उक्त बैठकपछि कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताएको हो । कांग्रेसको पधाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग सहमति गरेको बताए ।

उनले संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताए ।

उनले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरेका छन् । उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन् ।

प्रवक्ता महतले गएराति सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताए ।

    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ