arrow

देउवा निवासमा कांग्रेस बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
budhanilkantha-deuba-niwas-.jpg

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक  बस्ने भएको छ । 

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा  पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संसद्मा दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए । बैठकमा उक्त विषयका बारेमा समेत छलफल हुने बताइएको छ ।

 कांग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ