arrow

बैंकको एटीएम मेसिन फोड्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
rupesh-nepali-kaski-police.jpg

पोखरा । पोखराको जिरो किमिस्थित एनएमबि बैंकको एटीएम मेसिन फोडेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ बस्ने २३ वर्षीय रुपेश नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार राति २ः३७ बजे एटीएम मेसिन तोडफोड गरी रकम चोर्न खोजेको आरोपमा रुपेशलाई पक्राउ गरिएको हो ।

एटीएम मेसिन फोडिएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका रुपेशविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा दिन ७ दिन को म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ