arrow

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
accident-final.jpg

बाँके । बाँकेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान घर भएका ३२ वर्षीय पूर्णबहादुर घर्ती रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरस्थित सडकमा नेपालगञ्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा.५५प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयद्वारा प्रेषित दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ