arrow

एमालेका मन्त्रीहरु बालकोटबाट लागे प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
uml-cpn.jpg

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा रहेका मन्त्रीहरु राजीनामा बुझाउन गएका छन् । 

एमालेका मन्त्रीहरु बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएका छन् । केही बेरमै मन्त्रीहरुले बालुवाटार पुगेर राजीनामा बुझाउने छन् । 

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

एमालेले मंगलबारै बुधबारसम्म बाटो खुला गरिदिन आग्रह गरेको थियो । प्रचण्डले सरकार छाड्ने मनस्थिति नदेखेपछि एमालेका मन्त्रीहरु राजीनामा दिन गएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ