arrow

विदेशी मुद्रासहित दम्पती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
tribhuvan-international-airport-2079-08-04.jpg
फाइल तस्बिर

काठमाडौँ । अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् । 

इन्डिगो एयरको उडानबाट काठमाडौँबाट दिल्ली जान लागेका भारतीय मूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र निजकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ गरिएको हो । 

अभियुक्तहरूको साथबाट १९ हजार ५९ अमेरिकी डलर, आठ हजार नौ सय ६६ चिनियाँ युआन र ६० हजार दुई सय बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनीहरूलाई राजस्व अनुसन्धान विभाग चलान गरिएको छ ।  

यसैबीच कीर्तिपुर नगरपालिका-६ जाल्पादेवी मन्दिर क्षेत्रबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ