arrow

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको रिटमा जवाफी बहस हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
ravi-lamichhane-81-2-32.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन गरी अनुसन्धान गर्न मागिएको रिटमा पनि सुनुवाइ हुँदैछ । 

गत असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता हेर्दाहेर्दैमा राखिएको रिटमा आज जवाफी बहस 
हुँदैछ । 

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारी पीडितका तर्फबाट जवाफी बहस भएको थियो । आज जवाफी बहस सकेपछि लामिछानेलाई निलम्बन हुने अथवा नहुने आदेश हुनेछ । 

कास्कीमा सूर्यदर्शन सहकारी पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिनचिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । 

जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि जेठ १४ मा रिट दायर भएको थियो ।

यसअघि सर्वोच्चको आदेशबाटै कास्कीबाट लामिछाने विरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाइसकिएको छ ।

रविका बारेमा छानबिन गर्न संसदीय दलको छानबिन समितिसमेत गठन भएकाले त्यसपछि निरन्तर छानबिन पनि गरिरहेको छ । 



नयाँ