arrow

यौन दुर्व्यवहारलगायत उजुरी परेका आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
krishnaman-pradhan-election-commission.jpg

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । उनको सुनुवाइ शुक्रबारका लागि तय गरिएको थियो ।

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी  छलफल गरिएको थियो । 

प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेको बुझिएको छ । असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ