arrow

महालक्ष्मीको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
rashifal-horoscope-blue_1618014935.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असार २१ गते शुक्रबार, इस्वीसंवत जुलाई ५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्ण पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्ण पक्षको अमावश्य तिथि रातिमा ४ः२८ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा आद्रा रातिमा ४ः३२ बजेसम्म त्यसपछि पुनर्वसु नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि २ घटि ४३ पलासम्म त्यसपछि व्याघात योग लाग्नेछ । करणमा तैतिल अहोरात्र रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३४ घटि २७ पला अर्थात १३ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१५ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ४ः०८ बजे र अस्ताउने समय भोलि साँझमा ६ः५२ बजे रहेको छ ।

आजको राशिफल :

मेष : मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ । आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले आत्मबल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै रोकिएका कामहरु बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । पढाईको क्षेत्र राम्रो छ भने शेयर बजारबाट पनि लाभ लिन सकिने समय छ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । चन्द्र ग्रह तपाईंको राशिबाट द्वादश स्थानमा गोचर गर्ने भएकाले स्वास्थ्य कमजोर रहन सक्ने, शत्रुहरु आफुभन्दा बलवान् हुने, खर्चको मात्रा बढ्ने, काममा ढिलासुस्ती हुने तथा अनावश्यक विवाद हुन सक्ने भएकाले सचेत हुनुपर्ने समय छ ।

कर्कट : आज कर्कट राशिका लागि समय शुभ रहेको छ। चन्द्र ग्रह गोचरमा लाभस्थानमा रहने भएकाले आयआर्जन बढ्ने, रोकिएको धन प्राप्त हुन सक्ने, नयाँ लगानीको वातावरण बन्न सक्ने, परिवारको साथ रमाइलो गर्न सकिने, स्वास्थ्य पनि अनुकुल रहने समय छ । शेयर बजारबाट पनि लाभ लिन सकिन्छ ।

सिंह : आज सिंहका लागि आज दिन राम्रो रहेको छ । चन्द्र ग्रहको गोचर कर्मस्थानमा भएकाले कामबाट सन्तुष्टि र मानसिक तनाव कम हुनेछ । रोकिएका कार्यहरु सफल हुनुका साथै नयाँ कार्यको थालनीको लागि समय शुभ छ । आर्थिक क्षेत्र सबल रहनेछ । पारिवारिक वातावरण आनन्दित रहन सक्छ । पढाईमा सफलता तथा शेयर बजारबाट लाभ मिल्ने समय रहेको छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । चन्द्र ग्रह गोचरमा नवम स्थानमा रहेकाले आज सामाजिक तथा धार्मिक कार्यमा ध्यान दिँदा कार्य सफल हुन सक्छ। स्वास्थ्य सामान्य नै रहनेछ । आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रुपमा अगाडि बढ्न सक्छ । पारिवारिक आनन्द कायम रहनेछ। पढाईमा उचित ध्यान दिंदा सफलता मिल्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ । मन चन्चल तथा अशान्त रहन सक्छ। खर्चको मात्रा बढ्नुका साथै स्वास्थ्य पनि कमजोर रहन सक्छ । परिवार वा आफन्तसँग विवाद हुन सक्छ । चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहन आवश्यक छ । विद्यार्थीले पढाईमा ध्यान दिन आवश्यक छ । शेयर बजारमा कारोबारको लागि समय उचित छैन ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ । चन्द्र ग्रह सप्तम गोचरमा रहेकाले पति वा पत्नीबीच रहेको असमझदारी हटेर सम्बन्ध सुधार हुन सक्छ । साझेदारी कामबाट लाभ लिन सकिन्छ । व्यवसाय बढ्नुका साथै आम्दानी पनि बढ्न सक्छ । पढाईको क्षेत्र पनि आज राम्रो रहन्छ भने शेयर बजारबाट मध्यम लाभ लिन सकिन्छ ।

धनु : धनु राशिका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्य राम्रो र मन शान्त रहन सक्छ । सानो प्रयासले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ । आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ । व्यवसाय पनि राम्रो हुन सक्छ । पठनपाठनमा सुधार हुनेछ। शेयर तथा अन्य आर्थिक कारोबारबाट नाफा लिन सकिन्छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय हुन सक्छ भने विद्या, बुद्धिको विकास हुनेछ । पारिवारिक सहयोग प्राप्त हुन सक्छ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय केही प्रतिकूल रहन सक्छ । अनावश्यक विवादमा समय व्यतित हुन सक्छ । आज मानसिक तनाब बढ्न सक्छ भने खर्च पनि केहि मात्रामा बढ्न सक्छ । विद्यार्थीले पढाई बढी ध्यान दिनुपर्छ । आज व्यर्थको यात्रा वा भागदौड हुन सक्छ । आर्थिक कारोबार आज कम गर्दा राम्रो हुन्छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ । प्रशासनिक कामहरु आज बन्न सक्छन् । आफ्नो मानसम्मान तथा कीर्ति बढ्ने किसिमको काम गर्न सकिन्छ । दाजुभाई तथा सहकर्मीको सहयोग पनि मिल्न सक्छ । पारिवारिक क्षेत्र आज राम्रो रहन सक्छ । पढाईमा पनि आज ध्यान जान सक्छ । शेयर बजारबाट नाफा आर्जन गर्न सक्ने शुभ समय छ ।

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः११ बजेदेखि ६ः५५ बजेसम्म चर बेला
बिहान ६ः५५ बजेदेखि ८ः३९ बजेसम्म लाभ बेला
बिहान ८ः३९ बजेदेखि १०ः२३ बजेसम्म अमृत बेला
बिहान १०ः२३ बजेदेखि १२ः०७ बजेसम्म काल बेला
मध्यान्ह १२ः०७ बजेदेखि १ः५१ बजेसम्म शुभ बेला
दिनमा १ः५१ बजेदेखि ३ः३५ बजेसम्म रोग बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१९ बजेसम्म उद्धेग बेला
दिनमा ५ः१९ बजेदेखि ७ः०३ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०३ बजेदेखि ८ः१९ बजेसम्म लाभ बेला
राति ८ः१९ बजेदेखि ९ः३५ बजेसम्म अमृत बेला
राति ९ः३५ बजेदेखि १०ः५१ बजेसम्म काल बेला
राति १०ः५१ बजेदेखि १२ः०७ बजेसम्म शुभ बेला
राति १२ः०७ बजेदेखि १ः२३ बजेसम्म रोग बेला
राति १ः२३ बजेदेखि २ः४० बजेसम्म उद्धेग बेला
रातिमा २ः४० बजेदेखि ३ः५६ बजेसम्म चर बेला
रातिमा ३ः५६ बजेदेखि ५ः१२ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ