arrow

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
bhim-bdr-poudel-syangja.jpg

पोखरा । स्याङ्जा प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नं. ११ का ६५ वर्षीय भीमबहादुर पौडेल छन् ।

जिल्ला अदालतको २०७९ चैत २० को फैसलाले नौ वर्षीया बालिकालाई यौन दुरुपयोग ठरेको ठहर भई उनलाई ६ महिना १७ दिन कैद सजाय तोकेको थियो । फैसलापछि पौडेल फरार थिए ।

पौडेललाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि जिल्ला अदालत पेस गरिने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ