- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठाडौँ । सहरमा नयाँ नव्य नाचघर संचालनमा आएको छ । यसअघि स्टुडियो कत्थक, भरतनाट्यम विधामा नृत्य श्रृंखला संचालन गर्दै आएको स्टुडियोले सिनामंगलमा नव्य नाचघर संचालनमा ल्याएको हो ।
नेपालमा नृत्य नाटक विधालाई विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले नव्य नाचघर संचालनमा ल्याएको हो । शुक्रबारदेखि मन्चन भएको ‘प्रेमारम्भ’ नृत्य नाटकसँगै उक्त नाचघर संचालनमा आएको हो ।
स्टुडियोकी संस्थापक एवम् निर्देशक नम्रता केसीले स्टुडियोमा ‘पर्फम’मात्र गर्ने भएको तर छुट्टै स्टेज नभएकोले अहिले यो संचालनमा ल्याएको बताइन् ।
एस्थेटिक डान्स स्टुडियोसँग हाल करिब २५० जना विद्यार्थी संलग्न छन्। प्रशिक्षक पनि १० जना भन्दा बढी छन् ।
हरेक शुक्रबार र शनिबार नाचघरमा मञ्चन हुने प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्साउन खोजिएको छ। उनले भनिन्, प्रेमारम्भ भदौ २९ गतेसम्म मञ्चन हुनेछ। (नेपाल फोटो लाइब्रेरी)