arrow

आमाको हत्या आरोपमा छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
pakrau9.jpg

तेह्रथुम । आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८ सोल्मा तेजेन्द्र चोकका २३ वर्षीय दीपक नेपाली छन् ।

प्रहरी प्रधान कार्यालयद्वारा प्रेषित दैनिक समाचार बुलेटिन अनुसार सामान्य घरायसी विवादमा बिहीबार दिउँसो दीपकले आफ्नी आमा ४६ वर्षीया तीलमाया नेपालीको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

तीलमायाको खुकुरी प्रहारबाट घाँटी रेटिएको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकीलसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ