arrow

लागूऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
rohan-bishal-tanahun-police.jpg

पोखरा । लागूऔषध बोकेर पोखरा आउँदै गरेका २ युवक प्रहरी फन्दामा परेका छन् । उनीहरु बिहीबार राति करिब ८ बजे बा५९प ८०२९ नम्बरको मोटरसाइकलमा तनहुँको दमौलीबाट पोखरा आउँदै गरेका अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका वडा नं.१४ का २४ बर्षीय रोमन मगर र मोटरसाइकल चालक सर्लाही इश्वरपुर नगरपालिका वडा नं. २ का २६ बर्षीय विशाल बिसुन्खे छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका वडा नं. २ जामुनेस्थित पृथ्वी राजमार्गमा चेकिङ गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागूऔषध ट्रमोल ५० लेखेको २ सय १० क्याप्सुल फेला बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्द जिल्ला अदालत तनहुँमा लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी म्याद लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ