arrow

स्टार बन्ने सपना बोकेर काठमाडौँ आएकी “सुन्दरी”

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
sundari-music-video-nepali-patro.jpg

काठमाडौँ। प्रतीक थापाको शब्द, सङ्गीत र स्वरमा “सुन्दरी” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा ठुलो सपना बोकेर काठमाडौँ प्रवेश गरेकी एक महिला र उसको गाउँको साथी बीचको प्रेम सम्बन्धलाई स्थापित गरिएको छ। आफ्नो ठुलो उद्देश्य पूरा गरेर नयाँ जीवनमा प्रवेश गर्न कसरी पुरानो कुराहरूलाई बिर्सने गरिन्छ भनेर यस गीतमा प्रस्तुत गरिएको छ। “सुन्दरी” भनेर दिया पोखरेललाई सम्बोधन गरिएको भिडियोमा सन्दीप बाबु लोहनी गाइनेको भूमिकामा देखा परेका छन्।

गीतको छायाङ्कन उमङ्ग शाहीले गरेका हुन् भने यसमा बलराम बुढाथोकीको सम्पादन रहेको छ। भिडियोमा प्रकृति बस्नेतको पब्लिसिटी डिजाइन, अनिल नेपालको सहायक निर्देशन र दिवस महर्जनको कला निर्देशन देख्न सकिन्छ। त्यसैगरी नीराजन बस्नेतको मोसन ग्राफिक्स र रबिन कार्कीको सहायक छायाङ्कन देख्न सकिनेछ। भिडियोको निर्देशन मन्दिप गौतमले गरेका हुन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ