arrow

जगन्नाथ रथयात्रा शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
jagannath-rath-yatra-2081.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा  आयोजित  जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् । 
  
राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरेका थिए । 

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले जानकारी दिए । 

आजका दिन नेपाललगायत एक सय ६५ देशमा रथ यात्रा आयोजना गरिएको उनले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ