arrow

जगन्नाथ रथयात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
jagannath-rathyatra-81-3-23.jpg

काठमाडौँ । आइतबार नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन नेपाल) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ३९ औँ जगन्नाथ रथयात्रा महामहोत्सव  आयोजना गरेको छ ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी, घण्टाघर, दरबारमार्ग, पुतलीसडक प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्यूरोड, बसन्तपुर, न्यूरोड हुँदै टुँडिखेलमा समापन हुनेछ ।

नेपाली इतिहासमा परापूर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसैगरी रथयात्रा हुने गर्दथ्यो। यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रध्यक्ष राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यस पटक पनि रथयात्राको शुभारम्भ गरिएको हो ।

रथयात्रासँगै भगवान् जगन्नाथलाई १ सय ८ परिकार चढाइएको थियो। भारतको जगन्नाथ पुरीमा पनि आजकै दिन विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ।

ईस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौँमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको ईस्कोनका सचिव रुपेश्वर गौरवदासले जानकारी दिए । 

आजका दिन नेपाललगायत एक सय ६५ देशमा रथ यात्रा आयोजना गरिएको उनले सुनाए । 

jagannath-rathyatra-81-3-23-feature (1).jpg
jagannath-rathyatra-81-3-23-feature (2).jpg
jagannath-rathyatra-81-3-23-feature (3).jpg
jagannath-rathyatra-81-3-23-feature (4).jpg
jagannath-rathyatra-81-3-23-feature (5).jpg
jagannath-rathyatra-81-3-23-feature (6).jpg
jagannath-rathyatra-81-3-23-feature (7).jpg
jagannath-rathyatra-81-3-23-feature (8).jpg
jagannath-rathyatra-81-3-23-feature (9).jpg
jagannath-rathyatra-81-3-23-feature (10).jpg
jagannath-rathyatra-81-3-23-feature (11).jpg
jagannath-rathyatra-81-3-23-feature (12).jpg
jagannath-rathyatra-81-3-23-feature (13).jpg
jagannath-rathyatra-81-3-23-feature (14).jpg
jagannath-rathyatra-81-3-23-feature (15).jpg
jagannath-rathyatra-81-3-23-feature (16).jpg
jagannath-rathyatra-81-3-23-feature (17).jpg
jagannath-rathyatra-81-3-23-feature (18).jpg
jagannath-rathyatra-81-3-23-feature (19).jpg
jagannath-rathyatra-81-3-23-feature (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ