arrow

लागूऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
tenging-sushant.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले असार २१ गते राति ७ः५० बजे जिरोकिमीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा-१७ छोरेपाटनका २८ वर्षीय तेन्जिङ गुरुङ र पोखरा-१ सिमपानी बस्ने वर्ष २६ का सुशान्त परियार छन् ।

उनीहरुको साथबाट नाइट्राभेट १० लेखेको १ सय ८८ चक्की र टपन्टाडोल लेखेको ३० चक्की लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैविरुद्द लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ