arrow

स्टार्मरलाई टोनी ब्लेयरको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
starmer-pm-uk.jpg

काठमाडौँ । लेबर पार्टीका पूर्वप्रधानन्त्री टोनी ब्लेयरले किर स्टार्मरको भारी विजयपछि आइतबार बेलायती राजनीतिमा प्रारम्भिक हस्तक्षेप गर्दै स्टार्मरसँग ‘आप्रवासन नियन्त्रण गर्ने योजना’ बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका रूपमा आफ्नो दोस्रो पूर्ण दिन स्कटल्यान्डको भ्रमण गर्ने स्टार्मरलाई ब्लेयरले आप्रवासनविरोधी रिफर्म युके पार्टीले कन्जरभेटिभ पार्टी मात्र नभएर लेबरका लागि पनि चुनौती प्रस्तुत गरेको चेतावनी दिए ।

ब्रेक्सिटको पक्षमा उग्र पैरवीकर्ता निगेल फराज नेतृत्वको रिफर्म युके पार्टीले निर्वाचनमा दक्षिणपन्थी मत विभाजन गरेर कन्जरभेटिभहरूलाई अधिकतम नोक्सान पुर्याएको थियो । 

उक्त पार्टीले वेस्टमिनिस्टिर संसद्मा पाँच सिट र १४ प्रतिशत मत हासिल गरेको छ । यसले फराजलाई लेबर मतदातालाई अर्को लक्ष्य बनाउन चेतावनी दिन प्रेरित गरेको छ । 

“सम्पूर्ण पश्चिमी संसारमा परम्परागत राजनीतिक दलहरूले अवरोधको सामना गरिरहेका छन्”, ब्लेयरले सन्डे टाइम्समा ‘किर स्टार्मरलाई मेरो सल्लाह’ शीर्षकमा भनेका छन्, “जहाँ प्रणालीले नयाँ प्रवेशकर्ताहरूलाई फस्टाउन अनुमति दिन्छ, तिनीहरू जताजतै दङ्गा गरिरहेका छन्, फ्रान्स वा इटालीलाई हेर्नुहोस् ।”

उनले भने, “हामीलाई आप्रवासन नियन्त्रण गर्न योजना चाहिन्छ, हामीसँग नियम छैन भने हामीले पूर्वाग्रहहरू पाउनेछौँ ।”

सन् १९९७ मा आफ्नो सानदार जितका साथ लगातार तीन निर्वाचनमा आफ्नो पार्टीको नेतृत्व गर्ने एक मात्र लेबर नेता ब्लेयरले कृत्रिम बौद्धिकता (एआई) शक्तिको प्रयोग गर्नेबारे एक लेखमा आफ्नो ‘सल्लाह’ दिए ।

उनले निर्वाचन अभियानमा प्रमुख मुद्दाका रूपमा रहेको अनियमित आप्रवासनलाई नियन्त्रण गर्न डिजिटल आइडी प्रविधि सबैभन्दा राम्रो समाधान प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

“डिजिटल आइडीतर्फ अघि बढ्दै जाँदा हामी अघि बढ्नुपर्छ, होइन भने नयाँ सीमा नियन्त्रणहरू अत्यन्त प्रभावकारी हुनुपर्छ”, उनले भने । 

यद्यपि व्यापारमन्त्री जोनाथल रोनोल्ड्सले सुरुमा नयाँ गृहमन्त्री येभेट कुपरले यस मुद्दामा ‘सल्लाहका सबै स्रोत’ हेर्ने भन्नुभएपछि सरकारले डिजिटल आइडी कार्डहरूको सुरुआतलाई अस्वीकार गर्यो । 

पछि रेनोल्ड्सले “हामी यसलाई खारेज गर्नसक्छौँ, यो त्यस्तो केही होइन जुन हाम्रो योजनाको हिस्सा हो” भन्दै आइडी कार्डको सुरुआतलाई खारेज गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ