arrow

वर्षाको मौसमलाई लक्षित गर्दै सिजीले ल्यायो वाशर एन्ड ड्रायर वासिङ मेसिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
cg-meridia-washer-dryer-machine.jpg

काठमाडौं। वर्षाको मौसममा लुगा सुकाउन कठिनाइ हुने समस्यालाई मध्यनजर गर्दै नेपालको सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सिजीले वाशर एन्ड ड्रायर वासिङ मेसिन सार्वजनिक गरेको छ। छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्रै सुकाउने प्रविधि युक्त यो मेसिन विशेष गरी वर्षाको मौसममा लाभदायक हुने कम्पनीले जनाएको छ।

सिजी वाशर एन्ड ड्रायरमा रहेको स्पाकेयर प्रविधिले लुगामा भएका किटाणुहरुलाई नाश गर्दै सफा बनाउने र हिट पम्प ड्राइङ टेक्नोलोजी मार्फत मेसिन भित्रै लुगालाई छिटो सुकाउन सक्षम बनाएको छ। बि ड्राइभ इन्भर्टर मोटरले १४०० आरपिएमको गतिमा कपडाहरु सफा धुन्छ भने फरक–फरक किसिमका कपडाहरु धुनका लागि प्रि वाश, नाइट वाश, एक्स्ट्रा रिन्ज र स्पिड वाश जस्ता मोडहरु प्रदान गरिएको छ।

सिजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिनुका साथै बिभिन्न क्षमतामा उपलब्ध गराएको छ। ग्राहकले यो मेसिन नजिकैको सिजी स्टोरबाट अथवा अनलाइनमार्फत पनि खरिद गर्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ