arrow

एमालेले सार्‍यो सचिवालय बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि पार्टी मुख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधि सभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ । 

आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

बैठकले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा पार्टीको स्पष्ट रणनीति र आगामी सरकारको नेतृत्व लिँदा छुटाउन नहुने गम्भीर मुद्दामा पनि केन्द्रित हुन सक्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ