arrow

लागुऔषधसहित दुई युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
kamal-santosh.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ का ३४ वर्षीय कमल भण्डारी र पोखरा-२० बस्ने ३७ वर्षीय सन्तोषबहादुर नेपाली लागुऔषधसहित स्याङ्जामा पक्राउ परेका छन् ।

उनीहरु मंगलबार लागुऔषधसहित स्याङ्जा, वालिङ नगरपालिका वडा नं. १० फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट लागूऔषध ३८ एम्पुल नोर्फिम, २२ एम्पुल फेनारगन र ३५ एम्पुल डाइजापाम बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको डीएसपी रानाले बताए ।

उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ