arrow

बेथा प्रदूषणकोः स्वच्छ हावा नपाउँदा विनाशकारी विपद्को खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
dust-usaid.jpg

काठमाडौँ । बढ्दो वायु प्रदूषणका कारण मानिसहरु स्वच्छ हावा प्राप्त गर्नबाट बन्चित भइरहेको र त्यसले विपद् निम्त्याउन सक्ने अवस्थाबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

एन्फो नामक गैह्र सरकारी संस्थाको आयोजना र यूएसएआइडीको सहयोगमा सोमबार वायू प्रदुषणबाट भइरहेको असर र त्यसले व्यक्तिको जीवनमा पारेको प्रभावबारे सरोकारवालाहरुले  चासो राखेका हुन् । उनीहरुले स्वच्छ हावा विहीनताको बढ्दो समस्याका कारण विपद् निम्तिन सक्नेतर्फ पनि चिन्ता व्यक्त गरे ।

वायु प्रदूषण नियन्त्रणका सवालमा काम गर्दै आइरहेको संस्था एन्फोकी परियोजना अधिकृत सुमा महर्जनले  वायू प्रदुषणका कारण विनाशकारी विपद् निम्तन सक्नेतर्फ सबै जना सचेत रहनु पर्ने बताइन् ।

‘वायु प्रदूषणको अवस्था बढ्दो छ, यसले विनाशकारी विपद् निम्त्याउन सक्ने अवस्था रहन सक्छ, वायु प्रदूषण घटाउने मुख्य सवालमा स्थानीय तहका जनप्रनिनिधि र आम जनताको चासो रहनु पर्छ,स्वच्छ हावा कसरी प्राप्त गर्न सकिन्छ त्यसतर्फ सबै नागरिक उत्तिकै जिम्मेवार रहनुपर्छ,’ महर्जनले भनिन् ।

हाल यूएसएआइडी स्वच्छ हावा परियोजना अन्तर्गत काठमाडौं उपत्यकाका पाँच वटा नगरपालिकामा कार्यक्रम संचालन भइरहेको छ ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका, चागुनारायण नगरपालिका र शंखरापुर नगरपालिकामा सन् २०२२ बाट नै सो परियोजना संचालन हुँदै आइरहेकोमा थप आठ नगरपालिकामा विस्तार गरिएको छ ।

सो परियोजना अन्तर्गतको कार्यक्रम उपत्यकाका मध्यपुर ठिमी, महालक्ष्मी, गोदावरी, किर्तिपुर, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र सुर्यविनायक नगरपालिकामा संचालन गरिएको परियोजना संयोजक सृजना शाक्यले जानकारी दिइन् ।

परियोजनकी स्थानीय तह सुसासन सल्लाहकार विजयाराज वैद्यले परियोजना यूएसएआइडी स्वच्छ हावा परियोजनाका लागि हाल पाँच नगरपालिकाका दुई सय असी जना स्वास्थ्य स्वयंसेविकालाई तालिम प्रदान गरेर स्वच्छ हावा प्राप्त गर्ने अवस्थाबारे स्थानीय तहबाट आम जनतामा सचेतना जगराउने काम गरिरहेको जानकारी दिइन् ।

कार्यक्रममा वायूप्रदुषण रोकथामका सवालमा काम गर्दै आइरहेका विज्ञ भोला भट्टराईले जनताको स्वच्छ हावा प्राप्त गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको भन्दै वायु प्रदूषण नियन्त्रणका लागि भद्र अवज्ञाको आवश्यकता रहेको बताए ।

`थोत्रा गाडी चढ्दैनौँ भनेर हामीले आम नागरिकले भन्न सक्नु पर्छ, सरकारलाई पनि स्वच्छ हावाका सवालमा र वायु प्रदूषण नियन्त्रणका सवालमा के के भइरहेको छ भनेर औंला ठड्याउनु आम नागरिकको अधिकार हो, अब जनताले भद्र अवज्ञा गरेरै भए पनि स्वच्छ हावाका लागि अघि बढ्नु पर्छ,’ भट्टराईले भने ।

कार्यक्रममा वातावरण र जनस्वास्थ्यका क्षेत्रमा क्रियाशील विपद् पत्रकारिता संजाल सहितका विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ