arrow

बाढीपहिरोबाट ८० जनाको मृत्यु, पाँच बेपत्ता, ९७ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
pahiro-ghar2.jpg
फाइल तस्बिर

पोखरा । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट मंगलबारसम्म ८० जनाको मृत्यु भएको छ ।

जसमा सबैभन्दा धेरै गण्डकीमा २२ जनाको मृत्यु भएको छ । यस्तै लुम्विनीमा २०, कोशीमा १९, सुदूरपश्चिममा ७, कर्णाली र बागमतीमा ४/४ र मधेशमा ३ जनाको मृत्यु भएको छ ।

मौसमजन्य विपद्मा परी ५ जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ ।

बाढीका कारण १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७ सय ६४ घर परिवार विस्थापित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ