arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असार २६ गते बुधबार, इस्वीसंवत जुलाई १० तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्ल पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढशुक्लपक्षको चतुर्थी तिथि बिहानमा ६ः५२ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा मघा बिहान १०ः११ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यतिपात ५६ घटि ३ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ । करणमा बब अहोरात्र रहनेछ । आनन्दादि योगमा चर रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३४ घटि २२ पला अर्थात १३ घण्टा ४७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१६ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः०८ बजे र अस्ताउने समय रातिमा ९ः३८ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय सामान्य रहन सक्छ । मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ । अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ । स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ । पढाईमा उचित ध्यान दिन नसक्दा परिणाम राम्रो नआउन सक्ने भएकाले ध्यान दिनुहोला ।

वृष : आज समय त्यति अनुकूल छैन । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ । काममा सहकर्मीबाट हुन सक्छ । स्वास्थ्य कमजोर रहनुका साथै खर्च पनि बढ्न सक्छ । विद्यार्थीले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ । शेयर बजारबाट आज घाटा हुन सक्छ । प्रेम तथा पारिवारिक जीवनमा केहि असमझदारी आउन सक्ने भएकाले ध्यान दिंदा राम्रो हुन्छ ।

मिथुन : आज समय शुभ छ । शत्रुहरु पराजित हुनेछन् । पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ । साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ । विद्यार्थीले पढाई तथा परिक्षाबाट राम्रो नतिजा हात पार्न सक्ने समय छ ।

कर्कट : आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परीक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ ।

सिंह : आज दिन शुभ रहेको छ । आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ । पठनपाठन पनि आज राम्रो हुनेछ ।

कन्या : आज समय सामान्य छ । सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।

तुला : आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । अध्ययनको क्षेत्र राम्रो रहनुका साथै परीक्षा उत्तीर्ण गर्ने समय छ । स्वास्थ्य राम्रो रहनुका साथै प्रेम तथा पारिवारिक जीवन पनि सुखमय रहन सक्छ ।

वृश्चिक : आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ । पठनपाठनमा प्रगतिका साथै आजको परीक्षा उत्तीर्ण गर्न सक्ने योग छ । मीठो भोजनका साथै पारिवारिक भेटघाटले मन प्रशन्न रहन सक्छ । प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ ।

धनु : धनु राशिका लागि आज पनि समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला । आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ । प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ । विद्यार्थीले पढाईमा ध्यान केन्द्रित गर्न सक्ने नतिजा राम्रो आउनेछ ।

मकर : आज समय मध्यम रहन सक्छ । पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ ।

कुम्भ : आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ । प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ । अध्ययन अध्यापनको क्षेत्र पनि आज राम्रो रहन सक्छ ।

मीन : आज समय शुभ रहेको छ । नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ । अध्ययन अध्यापनमा आज उचित समय दिन सकिनेछ र त्यसबाट राम्रो परिणाम आउनेछ । प्रेम तथा पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन् ।

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, दक्षिण र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१४ बजेदेखि ६ः५७ बजेसम्म लाभ बेला
बिहान ६ः५७ बजेदेखि ८ः४१ बजेसम्म अमृत बेला
बिहान ८ः४१ बजेदेखि १०ः२५ बजेसम्म काल बेला
बिहान १०ः२५ बजेदेखि १२ः०८ बजेसम्म शुभ बेला
मध्यान्ह १२ः०८ बजेदेखि १ः५२ बजेसम्म रोग बेला
दिनमा १ः५२ बजेदेखि ३ः३६ बजेसम्म उद्धेग बेला
दिनमा ३ः३६ बजेदेखि ५ः१९ बजेसम्म चर बेला
दिनमा ५ः१९ बजेदेखि ७ः०३ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०३ बजेदेखि ८ः१९ बजेसम्म अमृत बेला
राति ८ः१९ बजेदेखि ९ः३६ बजेसम्म काल बेला
राति ९ः३६ बजेदेखि १०ः५२ बजेसम्म शुभ बेला
राति १०ः५२ बजेदेखि १२ः०९ बजेसम्म रोग बेला
राति १२ः०९ बजेदेखि १ः२५ बजेसम्म उद्धेग बेला
राति १ः२५ बजेदेखि २ः४१ बजेसम्म चर बेला
रातिमा २ः४१ बजेदेखि ३ः५८ बजेसम्म लाभ बेला
रातिमा ३ः५८ बजेदेखि ५ः१४ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ