arrow

एमालेले शुक्रबारदेखिको रणनीति तय गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने भएको हो ।

बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ । त्यस्तै बैठकले शुक्रबारदेखिको रणनीति तय गर्नेछ । 

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । उनले मत पाउने सम्भावना छैन । 

प्रचण्ड सरकार ढलेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने समझदारी भएको छ । संसदको ठूलो पार्टी नेपाली कांग्रेससँग एमालेले यसअघि नै सहमति गरिसकेको छ । 

सोहीअनुसार सरकारमा जाने मन्त्रीहरूकोसमेत सचिवालय बैठकले टुंगो लगाउने बताइएको छ । 

साथै बैठकले केन्द्रीय नेताका कार्यविभाजन लगायतका विषयमा पनि छलफल गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ