arrow

एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
uml-sachibalaya-2080-12-12.jpg

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो ११ बजे बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । 

साथै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । 

सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ