arrow

इस्मार्ट एपमा आबद्ध दुई सय भन्दा बढी सहकारीबाट सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
namaste-pay-Ismart.jpg

काठमाडौं। इस्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका दुई सय भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नो आवश्यकता अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन्। यस नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुविधा प्रदान गर्छ। जसले सहकारी संस्थाहरूमा ठूलो संख्यामा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्दछ।

वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता मैत्री छ। जसले गर्दा न्यूनतम प्रविधिक ज्ञान भएका व्यक्तिहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन्। नमस्ते पे र इस्मार्ट बीचको यो सहयोगले नेपालमा वित्तीय सेवाहरूको डिजिटलाइजेशनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। जसले गर्दा वित्तीय सेवाहरूको पहुँच बढाउन, वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्न र डिजिटल साक्षरतालाई बढावा दिन सहयोग पुर्याउनेछ।

नमस्ते पे सधैं नयाँ सेवाहरू जस्तै: युएसएसडी (अफलाइन) मोड, किलक्विक डबल, र रिक्वेस्ट मनी जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रसर रहेको छ। यी अपडेटहरू नमस्ते पेको डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो।

नमस्ते पे नगदरहित समाज निर्माण गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरू गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।

जस अनुरुप *५००# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको जसम भएका प्रयोगकर्ताहरूले युएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ