arrow

नेपालमा पाँच सयको भारतीय रुपैयाँ खुला गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
mahaprasad-adhikari-01-14.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका भारतीय नोट चल्ने व्यवस्था गर्न लागेको छ । मौद्रिक नीतिमा व्यवस्था गर्दै राष्ट्र बैंकले सो दरको नोट खुला गर्न लागेको हो । 

शुरुमा नेपालमा ५०० र १००० रुपैयाँ दरको नोट चल्दै आएको थियो । भारतले नोटबन्दी गरेर पुराना सबै नोट नचल्ने बनाएपछि नेपालमा ती नोटहरु नचल्ने भएका थिए । 

अहिले भारतले ५०० र २००० दरका नोट छापिरहेको छ । अहिले ५०० रुपैयाँ मात्रै ल्याउन पाउने व्यवस्थाका कारण भारत जाने र भारतमा काम गरेर फर्किने व्यक्तिहरुका लागि अप्ठ्यारो भएकोले यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । 

राष्ट्र बैंकले ५०० र १००० रुपैयाँ दरको नोट हुँदा अधिकतम २५ हजार रुपैयाँसम्म बोकेर हिँड्न पाउने व्यवस्था गरेको थियो । यी नोटहरु नचल्दा  त्यो व्यवस्था निष्क्रिय अवस्थामा छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को लागि मौद्रिक नीतिको तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि विदेशी मुद्रा विनिमय विभागले ५०० दरको नोट चलाउन प्रस्ताव समेत गरिसकेको विभागका अधिकारीहरु बताउँछन् । 

गैरकानूनी भए पनि अहिले पनि भारतबाट आउने नेपालीहरुले ठूला दरका भारतीय रुपैयाँहरु लिएर आउने गरेका छन् । तर, पछिल्लो समय बोर्डरमा  भारुको माग कम हुन थालेपछि भने अधिकांश व्यवसायिक संस्थाहरुले भारु चलाउन छाडेका छन् । ठूला नोट चलाउने निर्णय हुँदा यस्तो रकम सटहीका लागि सहज हुने अनुमान छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ