arrow

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
BHANUBHAKTA-ACHARYA.jpg.jpeg

काठमाडौँ । आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ । 

नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । उक्त पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ । 

परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार सरस्वतीलाई प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव लक्ष्मण थापाले जानकारी दिए । 

उक्त पुरस्कार भानुभक्तको जन्मजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ