arrow

धुने र सुकाउने काम एकैपटक गर्दै एलजीको वाशर ड्रायर वासिङ मेशिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
washer-dryer-81-3-27.jpg

काठमाडौँ । एलजीका विभिन्न क्षमताका वाशर ड्रायरबाट मनसुनको समयमा कपडा धुने र सुकाउने काम एकैपटक गर्न सकिने भएको छ । 

कपडा धोए पनि पटक–पटक हुने झरीले सुकाउन पनि निकै चुनौती हुने भन्दै एलजीले सहज विकल्प ल्याएको जनाएको छ । 

जुन वासिङ मेशिनले कपडा धुने मात्रै होइन कपडालाई पूर्ण रुपमा सुकाउने काम पनि गर्ने सीजी इलेक्ट्रोनिक्सले जानकारी दिएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्स नै एलजीको आधिकारिक बिक्रेता हो । 

यो वाशर ड्रायर वासिङ मेशिनले दुई घण्टाभित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीले जनाएको छ । न्यूनतम आठ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेशिन उपलब्ध रहेको कम्पनीको भनाइ छ । 

एलजीका पछिल्ला सम्पूर्ण वाशर ड्रायर वासिङ मेशिनहरु कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित छन् । नेपालमा एआई जडित वासिङ मेशिन एलजीको मात्रै भएको पनि कम्पनीले जनाएको छ। 

एआई जडित वासिङ मेशिनले विभिन्न कपडाको प्रकार पत्ता लगाइ त्यसका लागि उपयुक्त वाश साइकल आफैँ चयन गरेर धुने सीजीको भनाइ छ । 

साथै एलजीका वाशर ड्रायर वासिङ मेशिनहरुमा वाइफाइबाट कनेक्ट गरी मोबाईल एप(थिन क्यु) मार्फत जुनसुकै ठाउँबाट पनि चलाउन सकिनेसमेत बताइएको छ । 
  
सीजी इलेक्ट्रोनिक्सले यी वाशर ड्रायर वासिङ मेशिनहरु नेपालभर उपलब्ध भएको जानकारी दिएको छ । सीजी इलेक्ट्रोनिक्सका देशभर पाँच सय डिलर र २५ वटा आधिकारिक सोरुमहरु रहेकोसमेत जनाएको छ । 

ग्राहकको घरसम्म निःशुल्क ढुवानी गरेर जडान र परीक्षणसमेत गरिने बताएको सीजीले वासिङ मेशिनमा १० वर्षको वारेन्टीसमेत रहेको जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ