arrow

सुनको मूल्यमा नयाँ कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
gold-silver-higest-price.jpg

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। शुक्रवार सुनको मूल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य भएको हो। आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो।

यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ