arrow

जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

logo
सञ्जय मिश्रा,
प्रकाशित २०८१ असार २८ शुक्रबार
rautahat-scorpio-accident.jpg

रौतहट। रौतहट जिल्लाको पूर्व भेग गढीमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौँ जन्ती घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौँ घर भएका ५५ वर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रवीन्द्र पण्डितको छोरी वर्ष ७ की श्वेता पण्डित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीका अनुसार गढीमाई ६ सिङगारमनस्थित भित्री सडक खण्ड धर्मपुर नहरमा धनहारी गाउँबाट सर्लाहीतर्फ जन्ती बोकी जाँदै गरेको एचआर ७ डी ८३८२ नम्बरको स्कार्पियो गाडी आज बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो। 

उक्त गाडीमा जम्मा १२ जना सवार  सवार मध्ये ५ जना सकुशल रहेको, ३ जना नाम थर वतन नखुलेको स्थानीय अस्पताल तर्फ उपचार गर्न पठाइएको प्रहरीले जनाएको छ। चालक भने फरार भएका छन्। दुर्घटनामा काठमाडौँ घर भएका वर्ष ५५ को कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा ३ सुन्दरपुर बस्ने रवीन्द्र पण्डितको छोरी वर्ष ७ की श्वेता पण्डितलाई गम्भीर अवस्थामा उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएकोमा उनीहरूलाई डाक्टरले मृत घोषणा गरेको डिएसपी स्वातीले जानकारी दिएका छन्।

चक्र घटाकै वर्ष २५ को अमलेश ठाकुर दाहिने खुट्टा, छाती,घाँटीमा चोट अवस्था  प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। गाडी चालकको नाम ठेगाना नखुलेका तथा उनी सम्पर्क विहीन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ