arrow

पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
jam-sadak.jpg
फाइल तस्बिर

काठमाडौँ । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।

सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

“गत बुधबारदेखि आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले वैकल्पिक मार्गका रूपमा गल्छी-विदुर-छहरे-टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ