arrow

शेयर बजारमा सात मिनेटको उलटपलट, ९० अंक उक्लेर फर्कियो बजार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शेयर बजार परिसूचक अस्वभाविक रुपमा घटबढ भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएर अर्को सरकार गठन प्रक्रिया शुरु भएपछि पहिलोपटक खुलेको बजारको पहिलो ७ मिनेट अस्वभाविक देखिएको हो । 

बिहीबार शेयर बजार परिसूचक २२०४ को अंकमा बन्द भएको थियो । शुक्रबार प्रिओपनिङ सेसनमै शेयर बजार ४७ अंकले बढेर २२५१ अंकमा पुगेको थियो । 

नियमित कारोबार शुरु भएको बजार २ मिनेटमै थप ३९ अंकले बढेर २२९०.९५ पुगेको थियो । तर त्यसको ५ मिनेटमा बजारले थप करिब ५४ अंक क्षति व्यहोरेर २२३६ अंकमा झरेको छ । यद्यपि यो अवस्थासम्म पनि बजार सकारात्मक नै अवस्थामा देखिएको छ ।

तर ४ प्रतिशत भन्दा कममात्रै बढेका कारण यो अवधिमा सर्किट ब्रेकर भने लागेन । सरकार परिवर्तन हुने सममयमा अर्थमन्त्रीबारे अमुक व्यक्तिको नाम लिने र त्यसैका आधारमा बजारलाई उतारचढाव गराउने कामले आइतबारसमेत निरन्तरता पाएको हो । साँझ केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ