arrow

शिवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
rashifal-horoscope-green.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ असार ३१ गते सोमबार, इस्वीसंवत जुलाई १५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्ल पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढशुक्लपक्षको नवमी तिथि दिनमा ४ः०३ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा स्वाति रातिमा १०ः२४ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि अहोरात्र रहनेछ । करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३४ घटि ११ पला अर्थात १३ घण्टा ४३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१९ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः५९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १ः२० बजे र अस्ताउने समय रातिमा १२ः०० बजे रहेको छ । आज विश्व युवा दक्षता दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ छ । तुला राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । आज प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

वृष : आज स्वास्थ्य राम्रो रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीसमेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुन : आज समय खराब रहनेछ । तुला राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ । काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

कर्कट : आज समय शुभ छैन । बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारि साधन तथा अन्य वस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउन हम्मेहम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।

सिंह : आज समय शुभ छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतिक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

कन्या : आज समय खराब छ । शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा बिघ्नबाधा आउनेछ । विभिन्न अवसर आए पनि ति अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरु लागि आलोचना बढ्ने देखिन्छ ।

तुला : आज समय अत्यन्तै शुभ छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

वृश्चिक : आज समय अत्यन्तै खराब छ । जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क ह्ुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउने हुँदा काम गर्न अफ्ठ्यारो महसूस हुनेछ । दाजुभाइ तथा छिमेकीसँग पनि मनमुटाव बढ्नेछ ।

धनु : आज एक्कासि स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिस“ग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मकर : आज स्वास्थ्य सबल रहनेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तको सहयोगले उपलब्धिमूलक काम बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भ : आज समय खराब छ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बोली–वचनमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ । समय खराब रहेकाले पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने देखिन्छ ।

मीन : आज समय मध्यम खालको छ । लाभहानी दुवै बराबर हुनेछ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन । काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ ।

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१७ बजेदेखि ७ः०० बजेसम्म अमृत बेला
बिहान ७ः०० बजेदेखि ८ः४३ बजेसम्म काल बेला
बिहान ८ः४३ बजेदेखि १०ः२६ बजेसम्म शुभ बेला
बिहान १०ः२६ बजेदेखि १२ः०९ बजेसम्म रोग बेला
मध्यान्ह १२ः०९ बजेदेखि १ः५२ बजेसम्म उद्धेग बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म चर बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१८ बजेसम्म लाभ बेला
दिनमा ५ः१८ बजेदेखि ७ः०२ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०२ बजेदेखि ८ः१८ बजेसम्म काल बेला
राति ८ः१८ बजेदेखि ९ः३५ बजेसम्म शुभ बेला
राति ९ः३५ बजेदेखि १०ः५२ बजेसम्म रोग बेला
राति १०ः५२ बजेदेखि १२ः०९ बजेसम्म उद्धेग बेला
राति १२ः०९ बजेदेखि १ः२६ बजेसम्म चर बेला
राति १ः२६ बजेदेखि २ः४३ बजेसम्म लाभ बेला
रातिमा २ः४३ बजेदेखि ४ः०० बजेसम्म अमृत बेला
रातिमा ४ः०० बजेदेखि ५ः१७ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ