arrow

एमालेबाट अप्रत्याशित रुपमा मन्त्री बन्दै देवेन्द्र दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
devendra-dahal-81-3-31.jpg

काठमाडौँ । एमालेले चर्चामा आएका नामभन्दा फरक व्यक्ति राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई मन्त्री बनाउने निश्चित गरेको छ । 

दाहाललाई बिहान ९ बजेमात्र मन्त्रीका लागि तयारी रहन फोन गरिएको थियो । पूर्वबाट योगेश भट्टराईको नाम चर्चामा आइरहेका बेला दाहाललाई मन्त्रीका लागि तयारी अवस्थामा रहन अध्यक्ष केपी शर्मा ओलीको सचिवालय बालकोटले निर्देशन दिएको हो । 

उनलाई मन्त्रालय तोकिएको छैन । उनलाई मन्त्री बन्नका लागि गरिएको खबर भने निकै नै अप्रत्याशित हो । योगेश भट्टराई हुँदाहुँदै पूर्वबाट दाहालको नाम आउनुलाई आश्चर्यजनकका रुपमा लिइएको छ । दाहाल मन्त्री बन्ने भएपछि भट्टराईको नाम काटिएको अनुमान गरिएको छ । 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले ११ बजे राष्ट्रपति भवन शितल निवासमा सपथ हुँदैछ । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ४५ औँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ