arrow

बलबहादुरलाई हराएर पहिलो पटक चुनाव जितेर सिधै मन्त्री बन्दै एमालेका मानवीर राई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
manbir-rai-uml-81-3-31.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक निर्वाचन जितेका मानवीर राईलाई मन्त्री बनाउने भएका छन् । 

एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट मानवीर राईलाई मन्त्री बनाउने भएको हो । 

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बूमा एमालेले पहिलो पटक २०७९ सालमा चुनाव जितेको थियो । 

नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर राई एमालेको तर्फबाट निर्वाचित भएका थिए ।  

राईले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा बोलाएको पुष्टि गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ