arrow

एमालेले मन्त्रीहरुको नाम टुंगो लगायो, कसले कुन मन्त्रालय सम्हाल्दै ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेले करिब करिब मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सोलुखुम्बूबाट मानवीर राईले रक्षा मन्त्रालय सम्हाल्ने छन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।  

विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हाल्ने छन् । उनीसँग यसअघि पनि अर्थ मन्त्रालय सम्हालेको अनुभव छ । पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, मन्त्रालय सम्हाल्ने छन् । उनी गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री र पूर्व पर्यटन मन्त्री हुन् ।

 विद्या भट्टराईले शिक्षा मन्त्रालय सम्हाल्ने भएकी छिन् । उनी स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती हुन् । सुदूरपश्चिमबाट दामोदर भण्डारीले उद्योग मन्त्रालय सम्हाल्ने भएका छन् । उनी प्रचण्ड नेतृत्वको सरकारमा थिए । 

राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन,  बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी  मन्त्रालय सम्हाल्ने भएका छन् । उनी पनि प्रचण्ड नेतृत्वको सरकारमा थिए । 

उनीहरु दुवै जना दोहोरिने मन्त्रीमा पर्छन । देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्री सम्हाल्ने छन् । 

प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ